बुधबार, माघ २, २०८१
12:55 | १८:४०

यूके–आयरल्यान्ड शैक्षिक मेला हुने

रासस मे ३०, २०२२

काठमाडौं । अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयबारे जानकारी दिन हब इन्टरनेशनल एजुकेशनले यही जेठ २६ गते ‘यूके–आयरल्यान्ड फेयर, २०२२’ को आयोजना गर्ने भएको छ ।

फेयरमार्फत विद्यार्थी र अभिभावकले २० भन्दा बढी यूके र आयरल्यान्डका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस्, छात्रवृत्ति तथा अन्य सेवासुविधाका बारेमा जानकारी पाउने हब इन्टरनेशनलका युके–आयरल्यान्ड काउन्सिलर सुरज घिमिरेले जानकारी दिए ।

फेयरमा उपस्थित हुने विद्यार्थी मध्येबाट १११ उत्कृष्ट विद्यारथीलाई निःशुल्क आइइएलटिएस, निःशुल्क प्रोसेसिङ र गिफ्ट ह्याम्पर प्रदान गरिने हब इन्टरनेशनलका चेयर म्यान उद्धव खड्काले जानकारी गराए ।

वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनीहरुका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षबारे प्रतिनिधिसंग जानकारी लिई मौकाको फाइदा उठाउन हब इन्टरनेशनलकी ब्रान्ड एन्ड बिजनेस डेभलपमेन्ट म्यानेजर श्रावनी खनालले जानकारी दिइन् ।

हब इन्टरनेशनलले आफ्नो स्थापनाकालदेखि नै बेलाबेलामा यस्तो किसिमको शैक्षिक मेला आयोजना गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू