बिहीबार, माघ ३, २०८१
21:53 | ०३:३८

युक्रेनलाई थप प्रतिरक्षा सहयोगका लागि बेलायती प्रधानमन्त्रीको प्रतिवद्धता

नेपाली लिङ्क मे २९, २०२२

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनमा कुराकानी भएको छ ।

शनिबार उनीहरुले खासगरी युक्रेनको पछिल्लो अवस्था र यहाँका लागि आवश्यक रहेको प्रतिरक्षा सहयोगका बारेमा कुराकानी भएको बताइएको छ । सो कुराको जानकारी युक्रेनका राष्ट्रपति जेलिन्स्किले दिएका हुन् ।

युक्रेनका राष्ट्रपति जेलिन्स्किीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘हामीले युक्रेनका लागि आवश्यक प्रतिरक्षा सहयोगका बारेमा कुराकानी गर्यौँ र यो सहयोगलाई थप प्रवद्र्धन गर्ने बारेमा समझ्दारी भएको छ । त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले संकटका बेलामा युक्रेनका लागि आवश्यक इन्धन आपूर्तिका विषयमा पनि कुराकानी भएको थियो ।’

यसअघि यसै महिनाको सुरुआतमा बेलायती प्रधानमन्त्री जोन्सनले युक्रेनका लागि १ अर्ब ६४ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू