बिहीबार, माघ ३, २०८१
22:56 | ०४:४१

बेलायतसहित युरोपमा फैलियो मंकीपक्स संक्रमण

रासस/सिन्ह्वा मे २६, २०२२

रोम, १२ जेठ –युरोपेली मुलुकहरुमा पछिल्लो समय मंकीपक्सबाट संक्रमित भएकाहरुको सङ्ख्या बढ्दै गएको छ । युरोपेली स्वास्थ्य अधिकारीहरुले मंकीपक्स फैलिएका मुलुकहरुमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

संक्रमण थप फैलिन नदिन र फैलिएकाहरूलाई पनि नियन्त्रण गर्न विभिन्न उपाय अपनाउनुपर्नेमा उनीहरुको जोड छ ।

यो रोग नयाँ भने नभएको र अहिले भइरहेकै खोपहरूले पनि काम गर्ने भएकाले त्यसको प्रयोग बढाउन पनि अधिकारीको सुझाव छ ।

मंकीपक्सका कारण मृत्यु नै हुने नभएपनि शरिरमा विमिरा तथा फोका आउने, घाउ हुनेलगायतका स्वास्थ्य समस्या हुने गरेको चिकित्सकहरूले बताएका छन् ।

अफ्रिकाका कतिपय ठाँउमा मंकीपक्स पहिला पनि देखिने गरेको र अहिले फैलिने क्रम बढेकाले विश्वभरी त्रास सिर्जना गरेको युरोपेली स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

अहिले युरोपेली मुलुकहरू बेलायतलगायतका देशमा मंकीपक्सबाट संक्रमितको सङ्ख्या बढेको छ । अहिलेसम्म बेलायतमा ७१ मा संक्रमण भएको पुष्टि गरिएको छ भने स्पेनमा ५५ जनालाई मंकीपक्स संक्रमण देखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू