बिहीबार, माघ ३, २०८१
22:45 | ०४:३०

बेलायती राजकुमार चार्ल्स शरणार्थी शिविरमा

एपी मे २६, २०२२

बुडापेस्ट, १२ जेठ-बेलायतका राजकुमार चार्ल्सले बुखारेस्टस्थित युक्रेनी शरणार्थी शिविरको भ्रमण गरेर रोमानिया सरकार र स्वयंसेवकहरूले त्यहाँ गरिरहेको सहायता प्रयासबारे जानकारी लिएका छन् ।

एकजना दोभाषेमार्फत युक्रेनीहरूको समूहसँग कुरा गर्दै उनले आफ्नो भाषा सीपको अक्षमताका निम्ति क्षमा याचनासहित कठिन परिस्थितिमा उनीहरूले देखाएको असाधारण साहस, धैर्य र सहनशीलताको प्रशंसा गरे ।

युक्रेनी बच्चाहरूले उनलाई परम्परागत युक्रेनी ढाँचामा चित्रित काठको चम्चा उपहारस्वरुप प्रदान गरेका थिए ।

रुस–युक्रेन युद्ध शुरु भएयता १० लाख युक्रेनी शरणार्थीका रुपमा रोमानिया पुगेका छन् । शरणार्थीहरूमा प्रायः महिला र बालबालिका छन् ।

राजकुमार चार्ल्सका साथ रेडक्रसका अधिकारी, मुक्ति सेना र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधि बुखारेस्ट नगरका प्रमुखलगायत उपस्थित थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू