बिहीबार, माघ ३, २०८१
22:57 | ०४:४२

एनआरएनए महासचिव जोशीद्वारा चाइल्ड हेल्थ केन्द्रलाई ५० हजार डलर सहयोग

नेपाली लिङ्क मे २६, २०२२


लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव गौरीराज जोशीले नेपालमा संचालित ‘इन्ट्री अफ चाइल्ड हेल्थ केन्द्र’ लाई ५० हजार अमेरिकी डलर सहयोग गरेका छन् ।

मंगलबार टेक्सास राज्यको अर्भिङस्थित करि लिफ्ट रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा समाजसेवी जोशीले उक्त घोषणा गरेका हुन् ।

उनले पशुपतिनाथ तथा बौद्ध बिहार मन्दिरको लागि पनि यसअघि ५० हजार डलर सहयोग गरिसकेका छन्।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले काठमाण्डौसहित सातै प्रदेशमा खोल्न लागेको ‘इन्ट्री अफ चाइल्ड हेल्थ केन्द्र’ को सहयोगार्थ नेपाली समाज टेक्सास (एनएसटी) को पहलमा १ लाख ७१ हजार डलर सहयोग उपलब्ध गराउने प्रतिबद्धता भएको हो ।

सोहि अवसरमा डा अनुज कंडेलले पनि सो कार्यका लागि थप ५० हजार अमेरिकी डलर सहयोग गरेका छन् । यसैगरी प्रवेश ज्ञवालीले ३० हजार डलर, राजिव राज भाटले २५ हजार डलरको प्रतिबद्धता गरेका छन् भने कार्यक्रममा सहभागी अधिकांश नेपालीले समेत सहयोग गरेका थिए ।

‘चाइल्ड हेल्थ केन्द्र’ काठमाण्डौ र झापाको दमकमा निर्माण कार्य सुरु भैसकेको छ भने बाँकी ७ वटै प्रदेशमा चाडै सुरु गरिने योजना छ।

डा. कोइरालाले नेपालमा ओपन हार्ट सर्जरीको सुरुवात गर्नुका साथै सहिद गंगालाल अस्पताललाई अन्तरराष्ट्रिय स्तरको अस्पतालको रूपमा रूपान्तरण गर्न विशेष योगदान दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू