बुधबार, माघ २, २०८१
14:11 | १९:५६

काठमाडौँको मतगणना आज सकिने, बालेन मेयर हुने पक्का  

नेपाली लिङ्क मे २६, २०२२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार बालेन्द्र साहको अग्रता कायमै रहेको निर्वाचन कार्यालयले जनाएको  छ ।

स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५९ हजार १४९ मत  प्राप्त गर्दा नेपाली कांग्रेसकी सृजना श्रेष्ठले ३७ हजार ५४२ ल्याएर दोस्रो स्थानमा रहेकी छन् । यसैगरी एमालेका केशव स्थापित ३७ हजार २१८ मत ल्याएर तेस्रो स्थानमा छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी छ ।

बत्तीस वडा रहेको कामपामा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले आज साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

अहिलेसम्मको मतपरिणामअनुसार ३० वटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरिसकेका छन् भने उपप्रमुख र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ ।

त्यसैगरी हालसम्मको मतपरिणामअनुसार कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता कायम रहेको छ, भने उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सुनिता डङ्गोलको जीत हुने देखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू