बिहीबार, माघ ३, २०८१
22:51 | ०४:३६

टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्ने

रासस/सिन्ह्वा मे २४, २०२२

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान । तस्बिर एपी

अंकारा, १० जेठ -टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्ने भएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगानले टर्कीले यस विषयमा तयारी गरिरहेको बताएका हुन् । उनले टर्कीले सिरियाको उत्तरी क्षेत्रमा नयाँ सैन्य कारबाहीका लागि तयारी गरेको जनाए ।

सोमबारको मन्त्रिपरिषद बैठकपछि टर्कीका राष्ट्रपतिले भनेका छन्– ‘हामीले धेरै तयारी गरिरहेका छौँ र उत्तरी सिरियाको बारेमा आवश्यक गुप्तचर एवं सबै प्रकारको तयारी गरिसकेका छौँ, हामीले सो क्षेत्रमा चाँडै नै कारबाहीको तयारी गर्नेछौँ ।’

टर्कीको उत्तरी क्षेत्र जहाँ टर्कीको सेनाको नियन्त्रण छैन्, सो क्षेत्रमा सैन्य कारबाही सुरु गरिने पनि उनले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

‘सो क्षेत्रमा लामो समयदेखि आतंककारी क्रियाकलापहरु भएका र सो क्षेत्रमा टर्कीको सेनाको नियन्त्रण गुमेकाले सोही क्षेत्रमा हामीले कारबाही गर्ने योजना बनाएका हौं’– राष्ट्रपति एर्डोगानले भने ।

सिरियामा विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी छ । सिरियामा टर्कीको सेनाको पनि सहभागिता छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू