शुक्रबार, मंसिर १४, २०८१
14:32 | २०:१७

काठमाडौंमा बालेन झण्डै ५२ हजार मतसहित अग्रस्थानमा

रासस मे २४, २०२२

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् ।

जारी मतगणनाअनुसार नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३१ हजार ६४८ मत प्राप्त गरेकी छन् ।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३१ हजार ५७ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीकी उम्मेदवार सुनिता डंगोलले ५६ हजार २६८ मत ल्याएर अग्रस्थानमा छन् ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १९ हजार १५३ मत पाएका छन् ।

वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना कार्य जारी छ । कामपामा हालसम्म एक लाख ५३ हजार ४०४ मतगणना भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू