बिहीबार, माघ ३, २०८१
22:47 | ०४:३२

द्वन्द्वका कारण विश्वभर १० करोड विस्थापित

रासस/एएफपी मे २३, २०२२

हंगेरी पुगेका युक्रेनी द्वन्द्व पीडित । तस्बिर एएफपी

जेनेभा, ९ जेठ-द्वन्द्वका कारण विश्वभर कम्तीमा दश करोड मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको विवरणमा जवरजस्ती यति धेरै मानिस विस्थापित भएको यो दुर्लभ घटना भएको उल्लेख छ ।

विस्थापित भएकाहरु माथि मानवअधिकार उलङ्घन, हिंसात्मक घटना र द्वन्द्वको असर परेको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । युक्रेनमाथि रुसले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका कारण सबैभन्दा धेरै विस्थापित भएका छन् ।

त्यस बाहेक अफगानिस्तान, बुर्किना फासो, लोकतान्त्रिक गणतन्त्र कङ्गो, इथियोपिया, म्यानमार, नाइजेरियालगायत देशमा भएका द्वन्द्वले पनि धेरै मानिस विस्थापित भएका छन्।

युक्रेनले आफ्नो भूभाग त्यागेर रुससँग कुनै युद्धविराम सम्झौता नगर्ने जनाएको छ । राष्ट्रपतिका एकजना सल्लाहकारले युक्रेनको भूभाग छोड्नु पर्ने गरी युद्धविराम गर्ने प्रयासले अझ ठूलो रक्तपात हुने चेतावनी दिएका छन् ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्सीले कूटनीतिबाट मात्र अहिलेको युद्ध सुल्झाउन सकिने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू