बिहीबार, माघ ३, २०८१
00:03 | ०५:४८

अष्ट्रेलियामा संघीय निर्वाचनका लागि देशभर मतदान

रासस - सिन्ह्वा मे २१, २०२२

क्यानबेरा, ७ जेठ – अष्ट्रेलियामा शनिबार देशभरी संघीय निर्वाचनका लागि मतदान भइरहेको छ ।

स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा गठबन्धन र लेबर पार्टीका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि दुवै पक्षले बहुमत ल्याउने कसरत गरेका छन् ।

उनीहरुमध्ये कुनै एउटा पक्षले मात्रै बहुमत ल्याउन सकेनन् भने त्रिशंकू संसद् बन्ने छ र त्यसको प्रभाव सरकार निर्माणमा पनि पर्नेछ । त्यस्तो अवस्थामा गठबन्धन वा लेबरले साना दलका सांसद र स्वतन्त्र सांसदहरूलाई आफ्नो पक्षमा तान्नु पर्छ ।

अष्ट्रेलियाको तल्लो संघीय संसद्मा बहुमत पुर्याउनका लागि कम्तीमा ७६ सिट जित्नु पर्दछ । अष्ट्रेलियाको तल्लो संघीय संसद्मा १५१ सिट रहेको छ ।

अष्ट्रेलियामा १८ वर्ष पुरा भएका हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगका अनुसार यो बर्ष मतदाताको कुल सङ्ख्या एक करोड ७० लाखभन्दा बढी छ । तर मतदानका लागि योग्यता भएका ८० लाखभन्दा बढीले मतदान गर्ने अपेक्षा गरिएको छ । देशभरी सात हजारभन्दा बढी मतदान केन्द्रहरू तोकिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू