मंगलबार, फागुन २७, २०८१
22:57 | ०४:४२

देशभर मतदान जारी: मतगणना आजै शुरु हुने

नेपाली लिङ्क मे १३, २०२२

काठमाडौँ । स्थानीय निर्वाचन २०७९ का लागि आज देशभर मतदान भइरहेको छ। बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

निर्वाचन आयोगका अनुसार छिटफुटबाहेक देशभर नै शान्तिपूर्ण र विवादरहित वातावरणमा मतदान भइरहेको छ । देशका कुल ७ सय ५३ स्थानीय तहका १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान जारी छ ।

मतगणना आजै शुरु हुने मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ ।

आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरिनेछ ।

त्यसपछि सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू