बिहीबार, माघ ३, २०८१
02:18 | ०८:०३

श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त   

रासस-सिन्ह्वा मे १३, २०२२

कोलम्बो, ३० बैशाख- श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गरेका हुन् । विक्रमासिंघे श्रीलंकामा पटक पटक प्रधानमन्त्री भइसकेका छन् । उनले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिबाट बिहीबार नै सपथ लिएका छन् ।

नयाँ प्रधानमन्त्री विक्रमासिंघे युनाइटेड नेशनल पार्टीका नेता हुन् । उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन् ।

विक्रमासिंघेलाई यहाँको अर्को राजनीतिक परिवार राजापाक्षेहरूको निकट पनि मानिन्छ । त्यसैले पनि उनलाई प्रधानमन्त्रीका रूपमा चुनिएको विज्ञहरूको भनाइ छ ।

हाल श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि राजीनामा दिएका थिए । 
राजापाक्छेको राजीनामा मागेर देशमा आन्दोलन पनि भएको थियो । त्यसपछि उनले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए ।

आर्थिक संकटका कारण हाल श्रीलंका खाद्यान्न, इन्धन र औषधिको समेत चर्को अभाव भएको छ । विविध कारणहरुले देश आर्थिक संकटमा फसेको छ । महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि यसलगत्तै राजधानी कोलम्बोमा दंगा फैलिएको थियो ।

यहाँ आन्दालेनका कारण हिंसामा परेर कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै दुई सय भन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू