बिहीबार, माघ ३, २०८१
02:15 | ०८:००

युक्रेनस्थित रुसको सम्पत्ति जफत गरिने 

रासस-सिन्ह्वा मे ११, २०२२

किभ, २८ बैशाख – युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनी सरकारले सो कुरा जनाएको हो ।

युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मंगलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिए ।

उनले युक्रेनको मन्त्रिपरिषदले हालैमात्र युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने विषयको कानून बनाएको र सो सम्पत्ति जफत गर्ने अनुमति दिएको बताए ।

प्रधानमन्त्री सामहालले मंगलबार भनेका छन्– अब युक्रेनमा रहेका रुसका सबै प्रकारका भौतिक सम्पत्तिहरु युक्रेन राज्यको मातहतमा आएका छन्, मंगलबारको मन्त्रिपरिषदको बैठकले सो कानून बनाएको छ ।

युक्रेनले रुसको आक्रमणबाट ध्वस्त भएका संरचनाहरुको पुननिर्माणका लागि एक कोष स्थापना गरेको जनाएको छ । रुसको सो सबै सम्पत्ति उक्त कोषमा जम्मा हुनेगरी कानून बनाइएको प्रधानमन्त्रीले बताए ।

युक्रेनका प्रधानमन्त्रीले युक्रेनले विश्वका अरु देशसँग पनि ती देशमा रहेका सम्पत्तिहरु जफत गर्ने विषयमा अनुरोध गर्ने जनाए ।

ती सम्पत्तिहरु ती देशहरुले जफत गरी युक्रेनको पुननिर्माणसम्बन्धी कोषमा जम्मा गर्ने गरी काम गर्न अनुरोध गरिने जानकारी उनले दिएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू