बिहीबार, माघ ३, २०८१
02:20 | ०८:०५

ब्रिक्स् देशहरूले महामारीको प्रारम्भिक चेतावनी प्रणाली विकास गर्ने   

रासस-एएनआई मे ११, २०२२

बेइजिङ चीन, २८ बैशाख–ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) का स्वास्थ्य मन्त्रीहरूको १२ औं बैठकले ब्रिक्स देशहरूले ठूलो मात्रामा महामारीका लागि प्रारम्भिक चेतावनी प्रणाली विकास गर्ने सहमति गरेको छ।

वस्तुतः चीनले आयोजना गरेको उक्त बैठकमा ब्रिक्स देशका स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका उपमहानिर्देशकसहित ७० जनाभन्दा बढी सहभागी थिए ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार भेटमा प्रतिनिधिहरूले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रण, नयाँ स्वास्थ्य प्रणालीको निर्माण र डिजिटल स्वास्थ्य जस्ता विभिन्न विषयमा गहिरो छलफल गरेका थिए ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रमुख मा सियाओवेईले गतिशील शून्य–कोभिड दृष्टिकोण सहित चीनको प्रति–महामारी नीतिहरू प्रस्तुत गरेका थिए । उनले महामारी रोकथाम र आर्थिक विकासबीच सन्तुलन कायम गर्ने चीनको प्रयासबारे समेत छलफल गरेका थिए ।

उक्त बैठकले संयुक्त घोषणापत्र पारित गरेको छ । चीनले यस वर्षको जुनमा सियामेनमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने कार्यक्रम छ ।

ब्रिक्स विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको बहुपक्षीय फोरम हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू