बिहीबार, माघ ३, २०८१
02:04
|
०७:४९
उत्तरी आयरल्यान्डबारे एकपक्षीय परिवर्तन नगर्न बेलायतलाई आग्रह
रासस/एएफपी
मे १०, २०२२
बर्लिन, जर्मनी, २७ वैशाख–जर्मनीका चान्सलर ओलाफ सोल्जले मंगलबार बेलायतलाई उत्तरी आयरल्याण्डमा ब्रेक्जिटपछिको कडा संघर्षरत व्यापारिक व्यवस्थामा ‘एकपक्षीय’ परिवर्तन नगर्न आग्रह गरेका छन् ।
सोल्जले बर्लिनमा सञ्चारकर्मीहरूसँग भने ,“कसैले पनि एकपक्षीय रूपमा सम्झौता तोड्नु हुँदैन वा हामीले सहमति जनाएको प्रबन्धलाई कुनै पनि हालतमा परिवर्तन गर्नु हुँदैन ।
बेल्जियमका प्रधानमन्त्री अलेक्जेण्डर डे क्रोले उक्त अवसरमा आफूहरूको सन्देश निकै प्रष्ट भएको र सबैले सहमति गरेको कुरालाई कसैले एकलौटी रूपमा तोड्नु गलत हुने बताए ।
ब्रेक्जिछपछि उत्तर आयरल्याण्डमा गरिने आर्थिक गतिविधिलगायतका बिषयलाई लिएर बेलायत र अन्य यूरोपेली मुलुकहरूबीच भिन्न मतहरू आएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ