बिहीबार, माघ ३, २०८१
01:59 | ०७:४४

श्रीलंकामा आर्थिक संकट बढ्दै, देशव्यापी कर्फ्यू घोषणा   

रासस-सिन्ह्वा० मे १०, २०२२

श्रीलंकामा केही सातायता प्रदर्शन चर्किएको छ । तस्बिर एएफपी

कोलम्बो-श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामा राष्ट्रपति गोटबाया राजपाक्छेले स्वीकृत गरेका छन् । उनको राजीनमा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
जनाइएअनुसार श्रीलंकाली सरकारविरुद्ध जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सरकारले देशव्यापी रुपमा कर्फ्यू घोषणा गरेको छ ।

यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कफ्र्यु आदेश बुधबारसम्मलाई थप गरिएको पनि श्रीलंकाली सरकारले जनाएको छ । सोमबार मात्र पनि बिहान प्रदर्शनकारीहरुले यहाँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुमध्ये धेरैले प्रधानमन्त्री राजपाक्छेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू