बिहीबार, माघ ३, २०८१
02:04 | ०७:४९

क्यानाडाका प्रधानमन्त्री र जेलिन्स्किीबीच भेटवार्ता

रासस-सिन्ह्वा मे ९, २०२२

तस्बिर एएफपी

किभ, २६ बैशाख – क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ युक्रेन पुगेका छन् । उनी आइतबार युक्रेन पुगेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीसँग भेटवार्ता पनि गरेको बताइएको छ ।

उनीहरुबीच युक्रेनको पछिल्लो अवस्थाबारे कुराकानी भएको थियो । त्यस अवसरमा क्यानाडाले युक्रेनलाई गर्ने सहायताका बारेमा कुराकानी भएको थियो ।

त्यसक्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले रुसका विरुद्धमा थप नाकाबन्दीका लागि आग्रह गरेका थिए ।

साथै राष्ट्रपति जेलिन्स्किीले क्यानाडासँग युक्रेनका लागि थप सैन्य तथा अन्य मानवीय सहायता सामग्रीहरुको माग गरेका थिए । त्यस अवसरमा क्यानाडाली प्रधानमन्त्रीले युक्रेनका लागि थप सैन्य सहयोग र अन्य आर्थिक सहायतासम्बन्धी प्याकेजको पनि घोषणा गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू