बिहीबार, माघ ३, २०८१
22:56 | ०४:४१

अन्नपूर्ण पदमार्गमा बढे युरोपेली पर्यटक

रासस मे ७, २०२२

मनाङ, २४ वैशाख -दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ ।

अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन पर्यटक आएका हुन् ।

युरोपियन देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन् ।

अप्रिलमा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

थोराङ्ला हुँदै तिलिचो ताल पुगेर लार्के मार्ग कटाउँदै मुक्तिनाथ निस्किने हुँदा विदेशी पर्यटकका लागि अन्नपूर्ण पदमार्ग मुख्य गन्तव्यको स्थल बनेको छ । यहाँ हरेक दिन ७७ विदेशी पर्यटक अन्नपूर्ण पदयात्राका लागि आउने गरेको गौतमले बताए ।

हाल दैनिकरुपमा ७७ को हाराहारीमा विदेशी पर्यटकले पदमार्गको यात्रा गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्यांकमा उल्लेख छ । नेपालमा पहिलो पटक आएको र हिमशृङ्खलाको अवलोकन गर्दै पदयात्रा गर्न पाउँदा आफूहरु निकै खुसी भएको पर्यटक बताउँछन् ।

अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । पछिल्लो समय विदेशी मात्र नभई आन्तरिक पर्यटक पनि मनाङ आउने गरेका छन् । विभिन्न क्लब तथा संघसंस्थामा आवद्ध भएका बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा यात्रा गर्न आउने गरेको पाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू