बिहीबार, माघ ३, २०८१
05:25 | ११:१०

विदेशी मुद्रा संकट बढ्दै गएपछि श्रीलंकामा डिजेल अभाव

रासस–सिन्ह्वा मे ५, २०२२

कोलम्बो, २२ बैशाख- दक्षिण एसियाली मुलुक श्रीलंकामा विदेशी मुद्रा संकट बढ्दै गएकाले डिजेलको अभाव भएको ऊर्जामन्त्री कञ्चना विजेसेकेराले बिहीबार बताएका छन् ।
देशलाई दैनिक ४ हजार मेट्रिक टन डिजेल आवश्यक पर्ने पनि मन्त्रीले संसदमा जानकारी दिएका छन् ।

तर, सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले अहिले दैनिक १ हजारदेखि १ हजार ५ सय मेट्रिक टन मात्रै निकासी गरिरहेको छ ।

अहिले मुलुकमा पेट्रोलको अभाव नभएको भन्दै दैनिक तीन हजार मेट्रिक टन पेट्रोल निस्कने गरेको र बुधबार राति ४० हजार मेट्रिक टन पेट्रोल बोकेको जहाज श्रीलंका आइपुगेको मन्त्रीले बताए ।

श्रीलंकाले फेब्रुअरीदेखि डिजेल अभाव सामना गरिरहेको छ जसले गर्दा दैनिक घण्टौँसम्म बिजुली कटौती हुने गरेको छ । अर्थमन्त्री अली साब्रीले बुधबार श्रीलंकासंग प्रयोगयोग्य विदेशी सञ्चितिमा ५ करोड अमेरिकी डलरभन्दा कम रहेको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू