बिहीबार, माघ ३, २०८१
22:58
|
०४:४३
दुगड स्पाइसलाई तीन लाख जरिवाना
रासस
मे ४, २०२२
काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुगड स्पासेज एण्ड फुड इण्डस्ट्रिजलाई रु तीन लाख जरिवाना गरेको छ । विराटनगरस्थित उक्त उद्योगले मिसावटयुक्त मसला उत्पादन तथा बिक्री गरेकाले विभागले उक्त रकम जरिवाना गरेको हो ।
विभागले उक्त उद्योगलाई भविष्यमा गुणस्तरीय उत्पादन गर्न निर्देशन दिएको छ ।
यसैबीच, राष्ट्रिय उपभोक्ता मञ्चले आज एक विज्ञप्ति जारी गरी उक्त उद्योगका उत्पादन सेञ्चुरी ब्राण्डका मसलाहरू उपभोग गर्दा होशियार रहन आम उपभोक्तामा अनुरोध गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ