बुधबार, मंसिर १२, २०८१
06:40
|
१२:२५
मारिउपोलको एजोभस्टलबाट ८० नागरिकको उद्धार
रासस–एएनआई/सिन्ह्वा
मे २, २०२२
मस्को (रूस), १९ बैशाख–युक्रेनको घेराबन्दीमा परेको युक्रेनी शहर मारियुपोलमा रहेको एजोभस्टल प्लान्टबाट ८० जना सर्वसाधारणलाई उद्धार गरिएको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।
‘यो सुरक्षित उद्धार, युद्धविराम र मानवीय कोरिडोर खोल्ने परिणाम हो’- मन्त्रालयले विज्ञप्तिमा जनाइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार स्टिल प्लान्टबाट निकासी शुरु भएको र विस्थापितहरू सोमबार दक्षिणी युक्रेनी शहर जापोरिझियामा आइपुग्ने तयारी गरिएको बताएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ