बिहीबार, माघ ३, २०८१
05:02 | १०:४७

श्रीलंकामा प्रदर्शन चर्किएपछि अमेरिकी दूतावासद्वारा ‘चेतावनी’

रासस–एएनआई मे १, २०२२

श्रीलंकामा केही सातायता प्रदर्शन चर्किएको छ । तस्बिर एएफपी

कोलम्बो (श्रीलंका) १८ बैशाख-श्रीलंकामा रहेको अमेरिकी दूतावासले कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शन अघि ‘प्रदर्शन चेतावनी’ जारी गरेको छ ।

देशको आर्थिक अवस्थाको विरोध गर्न आइतबार कोलम्बो र वरपर धेरै प्रदर्शन र मार्च गर्ने योजना बनाइएको छ ।

‘प्रदर्शनले कोलम्बो भित्रको यात्रालाई अझ कठिन बनाउने र दिनभर सडक बन्द र ट्राफिक जाम निम्त्याउने सम्भावना छ’, अमेरिकी दूतावासले जनाएको छ ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । यसले खाद्यान्न र बिजुलीको अभावसँग जुधिरहेको छ जसले धेरै मानिसहरूलाई असर गरिरहेको छ । अहिले देशलाई आफ्ना छिमेकीहरूबाट सहयोग लिन वाध्य पारिरहेको छ।

कोभिड–१९ महामारीको समयमा पर्यटनमा रोक लगाएका कारण विदेशी मुद्राको अभाव भएकाले मन्दी आएको हो ।

यसले देशलाई पर्याप्त इन्धन किन्न असमर्थ बनाएको छ । मानिसहरूले खाद्यान्न र आधारभूत आवश्यकताहरू जस्तै इन्धन र ग्यासको तीव्र अभाव सामना गरिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू