बुधबार, मंसिर १२, २०८१
06:38 | १२:२३

बेलायतका प्रधानमन्त्री र युक्रेनी राष्ट्रपतिबीच थप सहयोगबारे वार्ता

रासस/सिन्ह्वा मे १, २०२२

किभ १८ बैशाख – युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ । उनीहरुबीच युक्रेनको पछिल्लो अवस्था र आवश्यक सहयोगका विषयमा कुराकानी भएको थियो ।

त्यसक्रममा युक्रेनका लागि आवश्यक सहयोग र समन्वयका बारेमा कुराकानी भएको युक्रेनका राष्ट्रपतिले जानकारी दिएका छन् ।

उनले ट्वीटरमार्फत् सो जानकारी दिएका हुन् ।

उनले दुई दिन अघिमात्र पनि फ्रान्सेली राष्ट्रपति इमानुयन म्याक्रोँसँग कुराकानी गरेका थिए ।

युक्रेनमा रुसले आक्रमण गरेपछि पछिल्ला समय युक्रेनका लागि मानवीय सहायताको खाँचो परेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू