बिहीबार, माघ ३, २०८१
05:13 | १०:५८

इरानद्वारा कतारका राजदूतको हत्या प्रयासको खबर अस्वीकार

रासस–एएनआई - स्पुतनिक अप्रिल ३०, २०२२

तेहरान (इरान), १७ बैशाख–इरानको विदेश मन्त्रालयले शुक्रबार कतारका राजदूतको हत्या प्रयास बारे हालैका मिडिया रिपोर्टहरूलाई अस्वीकार गरेको छ ।

कतारको विदेश मन्त्रालय र तेहरानस्थित कतारको दूतावासले कथित हत्या प्रयासको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

अन्य खाडी अरब देशहरू जस्तो नभई कतारको इरानसँग निकै मैत्रीपूर्ण सम्बन्ध छ। छिमेकी अरब राष्ट्रहरूले प्रभावकारी रूपमा नाकाबन्दी गर्दा इरानले कतारलाई आर्थिक चुनौतीहरूको सामना गर्न मद्दत गरेपछि विगत पाँच वर्षमा तिनीहरूको सम्बन्ध अझ बलियो भएको हो।

इरानी राष्ट्रपति इब्राहिम राइसीले यसै वर्षको फेब्रुअरीमा कतारको भ्रमण गरेका थिए र त्यसलाई बढावा दिने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू