बिहीबार, माघ ३, २०८१
05:24 | ११:०९

रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० सम्मेलनमा निमन्त्रणा 

रासस-एएफपी अप्रिल २९, २०२२

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन (दाया) र युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की । तस्बिर- एएफपी

जाकार्ता, १६ बैशाख – रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० शिखर सम्मेलनमा निमन्त्रणा गरिएको छ ।

इन्डोनेसियामा हुने तय भइसकेको सम्मेलनका लागि उनीहरूलाई इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले निमन्त्रणा गरेका हुन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई इन्डोनेसियाका राष्ट्रपति विडोडोले फोन समेत गरेर निमन्त्रणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनीहरूलाई यसअघि सम्मेलन आयोजक देशको रुपमा इन्डोनेसियाको तर्फबाट औपचारिक पत्र पनि पठाइसकिएको कार्यालयद्वारा शुक्रबार जारी वक्तव्यमा लेखिएको छ ।

“मैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई सम्मेलनमा सहभागिताका लागि अनुरोध गरेको छु,” राष्ट्रपति विडोडोले भने ।

उनले वार्ता र सम्झौतामार्फत रुससंगको युद्ध अन्त्य गर्न आग्रह गरेको समेत जानकारी दिए ।

फोन वार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आफू सम्मेलनमा सहभागी हुने आश्वासन दिएको विडोडोले बताएका छन् ।

विश्वका प्रभावशाली विकसित देशहरूको समूहको रुपमा चिनिँदै आएको जी २० समूहको सदस्य रुस पनि हो तर युक्रेन भने सदस्य छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू