बिहीबार, माघ ३, २०८१
23:45 | ०५:३०

चुनाव प्रचारप्रसारमा प्रवासी नेपाली मञ्चको फरक शैली

नेपाली लिङ्क अप्रिल २९, २०२२

काठमाडौं। देश चुनावमय भइरहेका बेला विदेशमा बस्ने नेपालीहरु पनि यसबाट अछुतो रहन सकेका छैनन्। विशेषत: प्रवासमै रहेर पनि नेपालका राजनीतिक दलहरुमा आबद्ध हुनेहरु यतिबेला विभिन्न ढंगले आ-आफ्नो पार्टीको पक्षमा प्रचारप्रसारमा जुटिरहेका छन्। 

प्रवासस्थित नेकपा एमालेका कार्यकर्ताहरुले भने पार्टीको प्रचारप्रसारमा फरक शैली अपनाएका छन्। अहिलेको स्थानीय चुनाव र केही महिनापछिको प्रतिनिधिसभा निर्वाचन समेतलाई लक्षित गर्दै उनीहरुले चुनावी गीत सार्वजनिक गरेका छन्। 

प्रवासी नेपाली मञ्चले नेकपा एमालेको पक्षमा मतदानको अपिल गर्दै ‘समृद्ध नेपाल : सुखी नेपाली’ शीर्षकको गीत तयार पारेको हो। 

विहीबार काठमाडौँमा एक कार्यक्रमबीच नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, प्रवास इन्चार्ज डा राजन भट्टराई, प्रवासी नेपाली मञ्चकी सचिवालय सदस्य डा विमला भण्डारीलगायतले गीत विमोचन गरे ।  

गीतमा एमालेलाई मतदान गर्नुपर्ने मुख्य आधारहरु खुलाइएको छ। गीतको म्यूजिक भिडियोमा शान्ता चौधरी, कोमल ओली, नवराज सिलवाल लगायत एमाले सांसदहरुसहित कलाकारहरुले अभिनय गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू