बिहीबार, माघ ३, २०८१
05:32 | ११:१७

इन्डोनेसियाको सुन खानीमा १२ महिला कामदारको मृत्यु

रासस-सिन्ह्वा अप्रिल २९, २०२२

जाकार्ता – इन्डोनेसियाको उत्तरी भागमा पर्ने सुमात्रा प्रान्तमा बिहीबार दिउँसो पहिरोमा परी सुन खानीमा काम गर्ने १२ जना महिला कामदारको मृत्यु भएको छ ।

अवैधानिक रुपमा सञ्चालन हुदै आएको सुन खानीमा काम गर्ने कम्तीमा १२ जना महिलाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएका छन् ।

मण्डैलिङ नाताल क्षेत्रको बन्दर लिमाबुङ गाउँमा पहिरो जानुअघि अवैध सुन खानीमा केही व्यक्ति काम गरिरहेका थिए । अचानक चट्टानको एक भाग भत्किएको र यसमा परी खानीमा काम गरिरहेका महिलाहरु मारिएका जिल्ला प्रहरी प्रमुख रजा चेरुलले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।

दुर्घटनाको छानबिन भइरहेको पनि उहनले जानकारी दिए । खानीमा काम गर्नेमध्ये कुल १४ जना पहिरोमा गाडिएका थिए । ती मध्ये दुईजना बाँचेका र मृतकहरुलाई प्रहरीले उद्धार गरी परिवारलाई फिर्ता गरेको जनाइएको छ ।

बिना इजाजतपत्र खानीहरु सञ्चालन गर्ने पुरातात्विक देशहरुमा सामान्य छन् र विगतका वर्षहरूमा धेरै दुर्घटना भएका छन् । गतवर्ष मध्य प्रान्तमा सुलावेसी अवैधानीक रुपमा सञ्चालन भएको सुन खानीमा गएको पहिरोमा परी ६ जना कामदारको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू