बिहीबार, माघ ३, २०८१
05:09 | १०:५४

एनआरएनए अमेरिका विवाद सहमतिमा टुंग्याउन जोशीको आग्रह  

नेपाली लिङ्क अप्रिल २८, २०२२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको विवाद सहमति र सहकार्यमा अन्त गरिनुपर्ने धारणा एनआरएनएका महासचिव गौरीराज जोशीले ब्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अप्ठ्यारो अवस्थावाट पार पाउने क्रममा रहेको भन्दै जोशीले बुधवार एक विज्ञप्तिमार्फत उक्त कुरा बताएका हुन् ।

‘अहिले अमेरिकाको विवाद पनि आइसीसीको विधानभित्र रहेर सहमति र सहकार्यमै सल्टाउनुपर्छ भन्ने मेरो मान्यता हो । यसका लागि सबैलाई लचिलो भई सहमतिमा अगाडी बढ्न म अपिल गर्दछु‘-जोशीले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

अमेरिका लगायत विश्वभरका सबै एनसीसीलाई अहिलेको अप्ठ्यारो अवस्थालाई बुझेर समस्या होइन, समाधान बन्न जोशीले आग्रह गरेका छन् 

विज्ञप्ति:

गैर आवासिय नेपाली संघ (एनआरएनए) अप्ठ्यारो अवस्थावाट पार पाउने क्रममा छ । एक जुट भएर जाँदामात्र एनआरएनए अभियान प्रभावकारी हुन सक्छ भनेरै सहमतिमा नेतृत्व चयन भएको हो । यसमा थुप्रै आलोचना पनि भएका छन् । यो स्वभाविक पनि हो । नयां परिस्थितिमा बनेको आइसीसी नेतृत्व संयमित भएर एनआरएनए अभियानलाई कसरी अझ प्रभावकारी बनाएर लैजान सकिन्छ यसमा लागिपरेको छ ।

नेपालको अर्थतन्त्रमा समस्या देखिएकाले सरकार विदेशमा बस्ने नेपालीसंग सहयोगका लागि विभिन्न पहल गरिरहेको अवस्था छ । देशको संकटमा विदेशमा बस्ने नेपालीले सहयोगलाई कसरी परिचालन गर्ने भन्ने चुनौती हामीसंग छ । यसवाहेक नेपाली नागरिकताको निरन्तरता, वैदेशिक रोजगारमा जानेलाई सम्मान र सहुलियत, हामीलाई नेपालमा लगानी लैजांदाका अप्ठ्याराहरु हटाउनु पर्ने जस्ता मुद्दाहरुलाई प्रथामिकता दिएर उठाउनु पर्ने अवस्था छ ।

यो अवस्थामा एनआरएनए अमेरिकामा नयां परिस्थिति सृजना भएको छ । एनआरएनए एनसीसी एनआरएनएका आधार स्तम्भ हुन् । एनसीसी सम्वद्ध देशको नियम कानून अनुसार स्थापना भएपनि आइसीसीको विधान अनुसार संचालन हुनुपर्छ भन्ने पनि हामीले स्विकारेको सहमति हो ।

अहिले अमेरिकाको विवाद पनि आइसीसीको विधान भित्र रहेर सहमति र सहकार्यमै सल्टाउनुपर्छ भन्ने मेरो मान्यता हो । यसका लागि सवैलाई लचिलो भई सहमतिमा अगाडि बढ्न म अपिल गर्दछु ।

म अमेरिका लगायत विश्वभरका सबै एनसीसीलाई अहिलेको अप्ठ्यारो अवस्थालाई बुझेर समस्या होइन, समाधान बन्न म विनम्र आग्रह गर्दछु ।

गौरीराज जोशी

महासचिव

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू