बिहीबार, माघ ३, २०८१
05:21 | ११:०६

युक्रेनलाई सहयोगबारे छलफल गर्न शीर्ष अमेरिकी अधिकारीहरु कीभमा

रासस/सिन्ह्वा अप्रिल २५, २०२२

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तथा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनका लागि वासिङ्टनको सहयोगबारे छलफल गर्न किभमा भेटवार्ता गर्दै । तस्बिर- सिन्हवा

कीभ, १२ वैशाख–युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तथा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनका लागि वासिङ्टनको सहयोगबारे छलफल गर्न किभमा भेटवार्ता गरेका राष्ट्रपतिको प्रेस सेवाले सोमबार जनाएको छ ।

दुवै पक्षले रक्षा सहयोग, रुसमाथिको प्रतिबन्ध थप बलियो बनाउने, युक्रेनलाई आर्थिक सहयोग र सुरक्षा ग्यारेन्टीबारे छलफल गरेको युक्रेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि ३.४ बिलियन अमेरिकी डलर रक्षा सहयोग उपलब्ध गराएको छ जुन युक्रेनको रक्षा क्षमतालाई सुदृढ पार्न सबैभन्दा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

आर्थिक सहायताको बारेमा बोल्दै जेलेन्स्कीले संयुक्त राज्यले युक्रेनलाई द्वन्द्वपछिको पुनः प्राप्तिमा मद्दत गर्ने र अमेरिकी बजारमा युक्रेनी सामानको पहुँचलाई सहज बनाउने आशा व्यक्त गरेका छन् ।

रुसलाई थप प्रतिबन्ध लगाउने अवधारणापत्र अमेरिकी पक्षलाई हस्तान्तरण गर्दै जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पनि आग्रह गरेका छन् । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री आइतबार कीभ आइपुगेका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू