बिहीबार, माघ ३, २०८१
05:22
|
११:०७
अनलाइन अवैध सामग्रीविरुद्ध लड्न ईयूद्वारा नयाँ कानून सम्झौता
रासस–सिन्ह्वा
अप्रिल २३, २०२२
ब्रसेल्स, १० बैशाख–युरोपेली काउन्सिलले शनिबार यसले घृणायुक्त भाषण, विकृत सूचना र अन्य हानिकारक अनलाइन सामग्री विरुद्ध लड्न नयाँ कानूनमा युरोपेली संसदसँग अस्थायी राजनीतिक सहमति गरेको छ ।
डिजिटल सर्भिस एक्ट ‘डीएसए’ नाम दिइएको उक्त कानूनले डिजिटल स्पेसलाई गैरकानूनी सामग्रीको फैलावटबाट जोगाउने र प्रयोगकर्ताहरूको मौलिक अधिकारहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।
काउन्सिल र संसद्का वार्ताकारहरूले इन्टरनेटलाई युरोपेली नागरिकहरूका लागि सुरक्षित ठाउँ बनाउन नयाँ नियमहरूको लागि अस्थायी पाठमा सहमति जनाएपछि यो सम्झौता भएको हो। शुक्रबारदेखि शुरु भएको वार्ता शनिबार बिहानसम्म चलेको थियो ।
अस्थायी राजनीतिक सम्झौता कानून लागू हुनु अघि युरोपेली काउन्सिल र युरोपेली संसदले स्ट्याम्प लगाउनुपर्नेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ