बिहीबार, माघ ३, २०८१
08:02 | १३:४७

जी २० सम्मेलनमा सहभागिताबारे पुटिन अझै अनिर्णित

रासस-एएनआई अप्रिल २२, २०२२

रुसी राष्ट्रपति पुटिन । तस्बिर एपी

मस्को, ९ बैशाख –विकसित राष्ट्रहरुको समूह जी २० सम्मेलनमा सहभागिताका बारेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि अनिर्णित भएका छन् ।

पुटिनले यस बारेमा अहिलेसम्म निर्णय नगरेपनि चाडै निर्णय आउने अपेक्षा गरिएको उनका प्रवक्ताले शुक्रबार जनाए ।

“उहाँले गर्ने निर्णय जति सक्दो चाँडो हामीले यहाँहरुलाई जानकारी गराउने छौँ, तर अहिलेसम्म भने कुनै निर्णय भएको छैन,” प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुलाई भने ।

विदेशी राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा गर्ने जिम्मेवारी पाएका इन्डोनेशियाका अर्थ मन्त्री मुल्यानी इन्द्रावतीले रूसी राष्ट्रपति पुटिनसहितका सबै २० देशका राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा पठाइसकेका छन् ।

विश्व चर्चित र चासोका साथ हेरिने जी–२० सम्मेलन आगामी नोभेम्बरमा इन्डोनेसियाको बालीमा आयोजना गर्ने तय भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू