बिहीबार, माघ ३, २०८१
07:53 | १३:३८

बेलायती प्रधानमन्त्रीलाई भारतमा गार्ड अफ अनर

रासस–एएनआई अप्रिल २२, २०२२

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरे । तस्बिर एपी

नयाँ दिल्ली (भारत), ९ बैशाख–प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन् ।

दुई दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको थियो ।

‘यो भारत–बेलायत मित्रता र दुई प्रजातन्त्र, सबैभन्दा ठूलो र सबैभन्दा पुरानो बीचको मिलनको शुभ क्षण हो। मलाई लाग्दैन कि भारत र बेलायतबीच यति बलियो र राम्रो सम्बन्ध कहिल्यै थिएन जुन अहिले छ’, जोनसनले भने ।

बेलायत र भारतको रणनीतिक प्रतिरक्षा, कूटनीतिक र आर्थिक साझेदारीमा घनिष्ट साझेदारीलाई सुदृढ पार्ने र इन्डो–प्यासिफिकमा सुरक्षा सहयोगलाई अगाडि बढाउने विषयमा गहन वार्ता गर्न भारत भ्रमणको शुरुवातमा जोनसन बिहीबार गुजरात आइपुगेका थिए ।

‘उनीहरू (गुजरातका मानिसहरू) ले हाम्रो लागि शानदार स्वागत गरे । यो एकदम असाधारण थियो । मैले यस्तो रमाइलो स्वागत कहिल्यै देखेको छैन’, जोनसनले भने-
‘मैले यस्तो स्वागत संसारमा अरू कतै पाएको थिइनँ। पहिलो पटक तपाईंको (प्रधानमन्त्री मोदीको) गृह राज्य हेर्न पाउँदा अचम्म लाग्यो ।’

यसअघि बेलायती प्रधानमन्त्रीले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

बेलायती प्रधानमन्त्रीले भारतका विदेशमन्त्री एस जयशंकरसँग वार्ता गर्ने कार्यक्रम छ र त्यसपछि दुबै पक्षले हैदराबाद हाउसमा प्रेस विज्ञप्ति जारी गर्ने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू