बिहीबार, माघ ३, २०८१
00:47 | ०६:३२

डब्लुएचओका महानिर्देशक टेड्रोस नेपाल भ्रमणमा   

रासस अप्रिल २१, २०२२

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस नेपाल भ्रमणमा आएका छन् ।

डब्लुएचओका महानिर्देशक डा टेड्रोस तीनदिने सद्भावना भ्रमणका क्रममा नेपाल आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए ।

आज अपराह्न उनी नेपाल आइपुगेका हुन् । नेपाल रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् ।

भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन, पाटन माध्यामिक विद्यालय र हनुमानढोका तथा पाटन दरबारको भ्रमण गर्ने कार्यक्रम छ ।

महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीसमेत आएका छन् । उनी नेपालबाट वैशाख १० गते फर्कने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू