बिहीबार, माघ ३, २०८१
05:57 | ११:४२

ग्रेटर रश्मोरमा विविध कार्यक्रमसहित मनाइयो नयाँ वर्ष

नेपाली लिङ्क अप्रिल १९, २०२२

अल्डरसट- ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले नेपाली नयाँ वर्ष २०७९ विविध कार्यक्रमका साथ मनाएको छ । एम्पाएर ब्यान्क्वेटिङ हल अल्डरसटमा आइतबार विशेष समारोहबीच नेपाली नयाँ वर्ष मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, विशेष अतिथिहरु रश्मोर बरो मेयर काउन्सिलर ब्रुस थोमस, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुन,  काउन्सिल लिडर काउन्सिलर डेभिड क्लिफोर्ड लगायतको सहभागिता थियो।

संस्थाका अध्यक्ष मान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अध्यक्ष गुरुङ, प्रमुख अतिथि राजदूत आचार्य र विशेष अतिथिद्वय मेयर ब्रुस र डा पुनले संयुक्त रुपमा  पानसमा बत्ति बाली उद्घाटन गरेका थिए ।

त्यसअवसरमा उपाध्यक्ष उत्तर बहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालकद्वय उपाध्यक्ष माया डंगोल केसी र सचिव डा विशाल गुरुङले हेल्थ एन्ड सेफ्टीबारे जानकारी गराएका थिए ।

नेपाल तथा बेलायतको राष्ट्रिय गानबाट अघि बढाइएको कार्यक्रमको पहिलो सत्रमा प्रमुख अतिथि, विशेष अतिथिहरु र अध्यक्ष गुरुङले नयाँ वर्षको शुभकामना दिएका थिए ।

कार्यक्रमको दोस्रो सत्र सांस्कृतिक उपसचिव विमल गुरुङ र कार्यक्रम सहसंयोजक सुष्मा गुरुङले सञ्चालन गरेका थिए । सो अवसरमा जीआरएसीमै प्रशिक्षित बालबालिका र सयपत्री कल्चरल समूहका कलाकारले उत्कृष्ट नृत्यहरु प्रस्तुत गरेका थिए । त्यस्तै, डीएमटी ब्याण्डले नेपाली सांगीतिक धुन बजाएको थियो भने दिनेश गुरुङ, कविता घर्ती मगर गुरुङ र कुमार गुरुङले गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रम संयोजक उपाध्यक्ष उत्तर बहादुर गुरुङ तथा उपसंयोजकहरु कुमार गुरुङ, सुष्मा गुरुङ र विशाल गुरुङ थिए । सांस्कृतिक कार्यक्रम संयोजन अबिसा गुरुङ र कविता घर्ती मगर गुरुङले गरेका थिए ।

त्यस्तै, म्यागजिनमा सदस्य जुमकाजी गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, सञ्चारसचिव मिलन गुरुङ र सल्लाहकार  मेजर रि खिम गौचन, टिकेटिङमा कोषाध्यक्ष चन्दन गुरुङ र सदस्य श्याम श्रेष्ठ, म्युजिकमा हेम बिस्ट, खाना र हलमा एम्पायर हलले जिम्मेवारी सम्हालेका थिए ।

कार्यक्रमको विशेष सहयोगीमा सल्लाहकार शान्त गुरुङ, उपाध्यक्ष लिला सेलिङ माबो, सदस्य हेम गुरुङलगायत थिए ।

कार्यक्रममा सहभागीहरुबीच आकर्षक पुरस्कारसहितको लक्की ड्र गराइएको थियो। जसको लागि प्रथम पुरस्कारस्वरूप एक तोला सुन श्री लक्की ज्वेलरीले प्रायोजन गरको थियो।

कार्यक्रममा सहभागी हुने तथा सफल पार्न विभिन्न सहयोग गर्ने सबै सहयोगी, प्रायोजक, कार्यक्रम आयोजनाका लागि दिनरात खटिने कार्यसमिति, सल्लाहकारलगायतको टीमलाई संस्थाका तर्फबाट अध्यक्ष गुरुङले धन्यवाद ज्ञापन गरेका छन् ।

तस्विर सौजन्य- मिलन तमु/ बाचस्पति रेग्मी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू