बिहीबार, माघ ३, २०८१
03:08 | ०८:५३

विवादास्पद फैसला गर्ने तीन न्यायाधीश सर्वोच्चमा तानिए

रासस अप्रिल १८, २०२२

काठमाडौं । विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई आज सर्वोच्च अदालत काजमा झिकाएका हुन् ।

उनले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई तीन वर्ष कैद हुने फैसला सुनाएका थिए । मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा गत चैत १३ गते उनले सजायको फैसला सुनाएका थिए । उक्त कानून कार्यान्वयनमा छैन् ।

यसअघि जिल्ला अदालत काठमाडौँका दुई न्यायाधीश अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्च अदालतमा काजमा तानिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू