बिहीबार, माघ ३, २०८१
07:47 | १३:३२

अमेरिका ग्लोबल कोभिड शिखर सम्मेलन गर्दै   

रासस-एएफपी अप्रिल १८, २०२२

वासिङ्टन । ह्वाइट हाउसले कोभिड-१९ संकट अन्त्य र भविष्यमा हुने उथलपुथलको योजना बनाउन मे १२ मा विश्वव्यापी शिखर सम्मेलन गर्न लागिएको सोमबार जनाएको छ ।

वर्तमान जी ७ अध्यक्ष जर्मनी, जी २० अध्यक्ष इन्डोनेसिया, अफ्रिकी संघ अध्यक्ष सेनेगल र बेलीज, क्यारिकोम क्यारिबियन समूहको वर्तमान अध्यक्ष राष्ट्रहरू सहित अमेरिकाले भर्चुअल भेलाको सह-अध्यक्षता गर्नेछ ।

“शिखर सम्मेलनले कोभिड-१९ महामारीको तीव्र चरणको अन्त्य गर्न र भविष्यमा देखापर्न सक्ने स्वास्थ्य खतराहरूको लागि तयारी गर्न हाम्रो सामूहिक प्रयासलाई दोब्बर बनाउनेछ,” उक्त देशहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू