बिहीबार, माघ ३, २०८१
03:17 | ०९:०२

भैरवनाथको रथले किचेर वृद्धको मृत्यु   

रासस अप्रिल १८, २०२२

मध्यपुरथिमिको बालकुमारी प्राङ्गणमा शुक्रबार बिहान बिस्का जात्रामा सहभागीहरु । तस्बिर- रासस

भादगाउँ-भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ) ले किचेर एक वृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न बसेका वृद्धको रथले किचेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल छन् । रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले कसपाललाई मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

जात्रामा अप्रिय घटना भए पनि रथ तान्ने क्रम भने रोकिएको छैन । बिस्काः जात्राको अन्तिम दिन आज गःहिटीमा रहेको भैरवनाथको रथलाई तानातान गरी माथिल्लो र तल्लो टोलमा लैजाने परम्परा छ । दुवै टोलको परिक्रमापछि टौमढीमा रथ पुरयाएपछि जात्रा सम्पन्न हुन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू