बिहीबार, माघ ३, २०८१
08:17 | १४:०२

क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकी उच्च राजदूत सोल पुगे

रासस/एएफपी अप्रिल १८, २०२२

सोल । तस्बिर- सिन्हवा

सोल, ५ बैशाख– प्योङयाङले प्रायद्वीपमा क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणको संकेत दिएपछि वार्ताका लागि उत्तर कोरियाका लागि अमेरिकी उच्च राजदूत सोमबार सोल आइपुगेका छन् ।

प्योङयाङले यसवर्ष एक दर्जनभन्दा बढी आणविक परीक्षणहरु गरेको छ । गत हप्ताको अन्त्यमा भएको आणविक परिक्षण सबैभन्दा पछिल्लो र छोटो दूरीको परीक्षण भएको उत्तर कोरियाले दाबी गरेको थियो ।

उत्तर कोरिया नितीको विषयमा छलफल गर्न अमेरिकी विशेष प्रतिनिधि सुङ किमले आफ्नो पाँचदिने भ्रमणका क्रममा दक्षिण कोरियाली समकक्षी नोह क्यु–डुक र अन्य अधिकारीहरूसँग भेटवार्ता गर्ने भएका छन् । सोल र वासिङ्टनले नौ दिने वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उनको आगमन भएको हो ।

तर हालैका वर्षहरुमा निवर्तमान राष्ट्रपति मुन जाय–इनले उत्तरसँग आणविक वार्तालाई सहज बनाउने प्रयास गरेपनि उत्तर कोरियाले भने हात बढाएको छैन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू