बिहीबार, माघ ३, २०८१
07:39 | १३:२४

श्रीलंका अन्तर्राष्ट्रिय मुद्रा कोषको शरणमा

रासस/सिन्ह्वा अप्रिल १७, २०२२

राष्ट्रपतिको राजिनामा माग गर्दै आयोजित प्रदर्शन । तस्बिर एएफपी

कोलोम्बो, ४ वैशाख–श्रीलंका सरकारले आइतबार ऋणदाताबाट कर्जा स्वीकृत गर्ने थप उपायबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा एक प्रतिनिधिमण्डल पठाएको छ ।

वित्त मन्त्री अली सबारीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलमा केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङ्हे पनि छन् ।

प्रतिनिधिमण्डलले आईएमएफ मुख्यालयको भ्रमण गर्ने र अबको केही दिनमा छलफल गर्ने छ । साबेरीले स्थानीय सञ्चार माध्यमलाई बताए अनुसार छलफल सफल भयो भने आर्थिकरूपमा संकटग्रस्त श्रीलंकामा आईएमएफबाट लगभग चार अर्ब अमेरिकी डलर प्राप्त गर्ने आशा गरिएको छ ।

श्रीलंका गम्भीर आर्थिक संकटको सामना गर्दै आएको छ र विदेशी सञ्चिति दुई अर्ब डलरभन्दा तल छ । श्रीलंकाको वित्त मन्त्रालयले मंगलबार आईएमएफद्वारा समर्थित व्यवस्थित र सहमति पुनर्गठन कार्यक्रम नराख्दासम्म सरकारले प्रभावित सबै कर्जाको सामान्य ऋण सेवालाई अस्थायी अवधिका लागि रोक्ने निर्णय गरेको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू