बुधबार, मंसिर १२, २०८१
10:40 | १६:२५

दक्षिण कोरियामा भेटिए झन्डै लाख नयाँ संक्रमित

रासस-सिन्ह्वा अप्रिल १७, २०२२

सउल-  दक्षिण कोरियामा २४ घण्टाको समयाअवधि अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ संक्रमित भेटिएका छन् ।

यससँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले आइतबार जनाएका छन् । 

दक्षिण कोरियामा अघिल्लो दिन एक लाख ७ हजार ९१६ जनामा कोरोना संक्रमण भएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) ले जानकारी  दिएको थियो । यहाँ एक हप्ताअघि एकै दिनमा एक लाख ६४ हजार ४५६ जनामा कोरोना संक्रमण भएको थियो । यहाँ संक्रमण घट्ने क्रममा रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।   

गत २४ घण्टामा अर्थात शनिबार मध्यरातिसम्म कोरोना संक्रमणको कारण २०३ जनाको मृत्यु पुष्टि भएपछि कूल मृतकको संख्या २१ हजार ९२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँ खोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख २६ हजार ४७१ पुगेको छ । यो संख्या दक्षिण कोरियाको  कूल जनसंख्याको ८६.८ प्रतिशत भएको जनाइएको छ   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू