बिहीबार, माघ ३, २०८१
09:02 | १४:४७

मगर संघ यूकेको कार्यभार हस्तान्तरण

नेपाली लिङ्क अप्रिल १७, २०२२

लन्डन । मगर संघ यूकेले एक समारोहबीच नवनिर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरेको छ ।

मगर भवनमा शनिबार आयोजित कार्यक्रममा मगर संघ यूकेको छैटौं कार्यसमितिका अध्यक्ष सुनिल रानाले सातौं कार्यसमितिका नवनिर्वाचित अध्यक्ष सीता पुनमगरलाई संघको औपचारिक कार्यभार हस्तान्तरण गरेका हुन् ।

निवर्तमान अध्यक्ष रानाको अध्यक्षतामा कोरोनाको विषम परिस्थितिमा पनि भर्चुअल माध्यमबाट विभिन्न काम सुचारु भएको थियो । गत अप्रिल ९ को महाधिवेशनले तीन वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको थियो ।

कार्यक्रममा सहकोषाध्यक्ष थाम रोका मगरले मगर भवनको हिसाबकिताव र संघको अन्य आर्थिक कारोवार हिसाबकिताब कोषाध्यक्ष होम रोका, एडमिन सेक्रेटरी लगायतले बुझाएका थिए ।

निवर्तमान अध्यक्ष रानाले निर्वाचन अगाडि १६ बुंदे घोषणापत्र अनुसार पुस्तकालय बनाउने कामवाहेक सबै काम पूरा भएको जानकारी दिएका थिए । 

आफ्नो कार्यकालमा सहयोग पुरयाइ सफल पारिदिएकोमा उनले कार्यसमितिका पदाधिकारी सदस्यहरु लगायत सम्पूर्ण शाखाका अध्यक्ष र मगर दाजुभाइ दिदिबहिनीहरुलाई आभार प्रकट गर्दै भावुक बनेका थिए ।

आफ्नो कार्यकालमा साथ र सहयोग भए जसरी नै सातौं नयाँ कार्यसमितिलाई पनि सहयोग गर्न रानाले आग्रह गरे । संस्थामा  काम गर्दा निस्वार्थ, समावेशी, आर्थिक तथा संघको काम पारदर्शी भएमा आफूलाई सन्तोष मिल्ने उनले बताए ।

उनले पूर्व अध्यक्ष तथा ट्रष्टीहरुको उपस्थितिमा सबै हरहिसाब, कागजात, विधान, च्यारिटी  कमिशन,  संघको सबै फाइल नवनिर्वाचित अध्यक्ष सीता पुर्जा पुन सातौं कार्यसमितिलाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए ।

कार्यसमितिमा आएका नयाँ सदस्यहरुप्रति खुशी व्यक्त गर्दै उनले सबैलाई कार्य सफलताको शुभकामना दिए । रानाले आगामी मे २८  तारिख शनिबार हुन गइरहेको नेपाली ओपन कन्सर्ट भव्य र सभ्य तरिकाले सफल पारिदिन सबैलाई आह्वान गरे । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू