बिहीबार, माघ ३, २०८१
07:52 | १३:३७

रुस-युक्रेन द्वन्द्वमा २५ सय युक्रेनी सैनिक मारिएको दावी

रासस/सिन्ह्वा अप्रिल १६, २०२२

युक्रेनी सैनिक युद्ध मैदानमा । तस्बिर- एपी

किभ, ३ बैशाख– रुस र युक्रेनबीच अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दावी गरिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सय देखि तीन हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दावी गरेका हुन् ।

सिएनएनसँगको कुराकानीका क्रममा शुक्रबार उनले दिएको जानकारी अनुसार अरु १० हजार भन्दा बढी युक्रेनी राष्ट्रसेवक घाइते भएका छन् ।

घाइते मध्ये कतिपयको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि राष्ट्रपतिले बताए ।

मृतक तथा घाइतेहरूलाई देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै उनले सिंगो युक्रेन आफ्नो रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।

झण्डै दुई महिना अगाडि रुसले युक्रेनमाथि आक्रमण गरेकोमा विश्वभरबाट विरोध भइरहेको छ । सुरुमा केही चरण दुई पक्षका बीचमा वार्ता भएपनि सहमति हुन नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ ।

अन्तर्राष्ट्रिय समुदायले भने तत्काल वार्ता मार्फत आपसी विवाद समाधान गरी युद्ध अन्त्य गर्न आग्रह गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू