बिहीबार, माघ ३, २०८१
07:56 | १३:४१

अमेरिकी सांसदहरूको ताइवान भ्रमणप्रति चीनको कडा विरोध

रासस–सिन्ह्वा अप्रिल १५, २०२२

वासिङ्टन, २ बैशाख–संयुक्त राज्य अमेरिकास्थित चिनियाँ दूतावासले बिहीबार कंग्रेसका दुवै सदनका छ जना अमेरिकी सांसदको चीनको ताइवान क्षेत्र भ्रमणको कडा विरोध गरेको छ ।

मिडिया अनुरोधको जवाफ दिंदै दूतावासका प्रवक्ताले भनेका छन्, ‘उक्त भ्रमणले एक–चीन सिद्धान्त र तीन चीन–अमेरिका संयुक्त विज्ञप्तिको शर्तहरूको गम्भीर उल्लंघन गर्दछ ।’

ति प्रवक्ताले थपे, ‘हामी अमेरिकी पक्षलाई एक चीन नीतिको पालना गर्ने आफ्नो प्रतिबद्धताको सम्मान गर्न, एक चीन सिद्धान्त र तीन चीन–अमेरिकी संयुक्त विज्ञप्तिको दृढतापूर्वक पालना गर्न, ताइवानसँगको सबै प्रकारका आधिकारिक अन्तरक्रिया तुरुन्तै बन्द गर्न र गलत संकेतहरू पठाउनबाट जोगिन आग्रह गर्दछौं ।’

‘चिनियाँ पक्षले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न कडा कदम चाल्ने छ’, प्रवक्ताले भनेका छन् ।

सिनेटको विदेश सम्बन्ध समितिका अध्यक्ष बब मेनेन्डेज, न्यू जर्सीका डेमोक्र्याट र दक्षिण क्यारोलिना रिपब्लिकन लिन्डसे ग्राहमको नेतृत्वमा अमेरिकी कङ्ग्रेसको प्रतिनिधिमण्डल बिहीबार ताइवान आइपुगेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू