बिहीबार, माघ ३, २०८१
08:06 | १३:५१

फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

रासस–एएनआई अप्रिल १५, २०२२

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन । तस्बिर एपी

मस्को (रूस), २ बैशाख–रुसले बिहीबार स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ । साथै रुसले आफ्नो पश्चिमी भागमा “दोब्बर भन्दा बढी“ सेना थप्ने पनि बताएको छ ।

रुसको सुरक्षा परिषद्का उप–अध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिंदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल र वायु रक्षा बलहरू बलियो बनाइने कुरा उल्लेख गरेको सीएनएन न्यूजले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दशकको शासनकालमा सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपतिको रूपमा सेवा गरेका मेदवेदेव हालका महिनाहरूमा आक्रामक भएका छन् यद्यपि उनी शीर्ष निर्णयकर्ता भने होइनन् ।

यसबाहेक, सन् २०१८ को अमेरिकी वैज्ञानिकहरूको प्रतिवेदनले के निष्कर्ष निकालेको छ भने रूसले पोल्याण्ड र बाल्टिक राज्यहरूबीचको रुसी क्षेत्रको एक एक्सक्लेभ कालिनिनग्रादमा परमाणु हतियार भण्डारण बंकरलाई महत्त्वपूर्ण रूपमा आधुनिकीकरण गरेको हुन सक्छ ।

बिहीबार युक्रेनमा रुसी आक्रमण भएको ५० दिन पूरा भएको छ र मस्कोको दृष्टिकोणमा उल्लेखनीय परिवर्तन भएको छ ।

युक्रेनी अधिकारीहरूले पूर्वी डोनबास क्षेत्रमा रुसी सेनाले ठूलो आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू