बिहीबार, माघ ३, २०८१
08:08 | १३:५३

श्रीलंकामा आर्थिक संकटका कारण औषधि अभाव

रासस-एएनआई अप्रिल १४, २०२२

अभाव र मूल्य बृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक संकट पनि थपिएको छ । तस्बिर- एपी

कोलम्बो, १ बैशाख–श्रीलंकामा चरम आर्थिक संकटका कारण औषधि अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरूले विरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधिको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका हुन् । सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ ।

अत्यावश्यक औषधि तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरुसँग तत्काल माग्नु पर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकटका कारण केही हप्तादेखि धेरै चिजको अभाव भइरहेको छ भने मूल्यवृद्धि पनि अत्यधिक भएको छ ।

अभाव र मूल्य बृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक संकट पनि थपिएको छ ।

तत्कालिन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार सञ्चालन भइरहेपनि प्रभावकारी काम हुन सकेको छैन ।

सरकारले समस्या समाधान गर्न ठोक कदम चाल्न नसकेको भन्दै सर्वत्र आलोचना समेत भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू