नटिङहमका नेपालीले गरे नेपाली नयाँ वर्षको स्वागत
लन्डन। इष्ट मिडल्याण्डको नटिङहम आसपास बस्ने नेपालीहरुले विशेष कार्यक्रमसहित नेपाली नयाँ वर्षको स्वागत गरेका छन्।
नेपाली समाज नटिङहम, इष्ट मिडल्याण्डको आयोजनामा सोमबार विविध कार्यक्रमसहित नयाँ वर्ष मनाइएको हो ।
संस्थाका अध्यक्ष रविन्द्र शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष रण केसीले गरेका थिए।
कार्यक्रममा एनआरएनए युरोप उपसंयोजक तथा सिर्जनशील लेस्टर नेपालका पूर्व अध्यक्ष दयानिधी सापकोटा, सृजनशील लेष्टर नेपालका अध्यक्ष नारायण फुयाल, एनआरएनए यूकेका उपाध्यक्ष तथा नटिङहम समाजका पूर्व अध्यक्ष गोविन्द शर्मा खरेल, एनआरएनए यूके सचिव तथा नटिङहम समाजका पूर्व अध्यक्ष विष्णु चालिसे, एनआरएनए यूकेका निवर्तमान सचिव तथा नटिङहम समाजका पूर्व अध्यक्ष तारानाथ भण्डारी लगायतका मिडल्यान्ड क्षेत्रका सामाजिक अभियन्ताहरुले नयाँ वर्षको शुभकामना दिएका थिए।
त्यस्तै, नटिङघम समाजका पूर्व अध्यक्ष श्री प्रविण, साझा नेपाली समाज यूकेका उपाध्यक्ष तथा नटिङहम समाजका पूर्व उपाध्यक्ष कृष्ण खरेल, साझा नेपाली समाजका उपाध्यक्ष प्रेम आले मगर, नटिङहम समाजका पूर्व महासचिव दिलाराम गौतम,एनआरएनए इंग्ल्याण्ड राज्य परिषदका सचिव तथा साझा नेपाली समाजका महासचिव रामप्रसाद पन्थी, बिजिएसएनका अध्यक्ष देउ लिम्बू, नेप्लिज वुमन फाउण्डेसन नटिङहमकी अध्यक्ष श्रीमती कल्पना गुरुङ, वुमन फाउण्डेसनका संस्थापक अध्यक्ष गिता भट्टराई, वुमन फाउण्डेसनका निवर्तमान अध्यक्ष तथा नटिङहम समाजकी निवर्तमान उपाध्यक्ष अर्चना हमाल, नटिङहम समाजका पूर्व उपाध्यक्ष शम्भु अर्याल लगायतले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा उपाध्यक्ष मुकुन्दहरि खरालले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रम सञ्चालन महासचिव लोकनाथ अधिकारी र सांस्कृतिक संयोजक अशोक रिजालले गरेका थिए।
कार्यक्रममा ५ सयभन्दा बढिको उपस्थिति थियो।