बिहीबार, माघ ३, २०८१
08:01 | १३:४६

क्षेत्रीय कमिटी बिस्तारमा जुट्यो एनआरएनए इंग्ल्यान्ड, लिभरपुल कमिटी संयोजकमा अधिकारी

नेपाली लिङ्क अप्रिल १२, २०२२

लन्डन- एनआरएनए यूके अन्तर्गत इंग्ल्याण्ड राज्य समन्वय परिषदले क्षेत्रीय कमिटी बिस्तार कार्य अघि बढाएको छ ।  

क्षेत्रीय अवधारणामा जाने संस्थाको नीतिअनुरुप इंग्ल्याण्डका विभिन्न क्षेत्रमा एनआरएनए क्षेत्रीय कमिटीहरु बिस्तार शुरु गरिएको अध्यक्ष एलबिजेड गुरुङले जानकारी दिए ।

केही दिनअघि केन्टमा क्षेत्रीय कमिटी गठन गरेको परिषदले सोमबार लिभरपुलमा पनि कमिटी बिस्तार गरेको छ । अब चांडै लन्डनको क्रोइडन लगायत इंग्ल्यान्डका झन्डै एक दर्जन क्षेत्रमा कमिटी गठनको काम टुंग्याउने परिषदको लक्ष्य छ ।

सोमबार एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष एलबिजेड गुरुङसहितका पदाधिकारीको उपस्थितिमा लिभरपुलमा ‘लिभरपुल मार्सीसाइड काउन्टी कमिटी’ गठन गरिएको छ । समितिको संयोजकमा स्थानीय युवा व्यवसायी एवम् समाजसेवी गोपाल अधिकारी चयन भएका छन् ।  

समितिमा सचिव धन गुरुङ तथा सदस्यहरु खेम गुरुङ, कविराज शर्मा, नेत्र खरेल, कृष्णा गुरुङ, कृष्णा भट्टराई, बब गुरुङ र ऋषि भण्डारी छन्।

समिति गठनका लागि एनआरएनए इंग्ल्यान्ड राज्य परिषदका अध्यक्ष एलबिजेड गुरुङ, सचिव राम पन्थी, सहसचिव अहिल्या कुँवर, प्रवक्ता डा विशाल गुरुङ लगायत लिभरपुल पुगेका थिए । त्यस्तै, एनआरएनए केन्द्रीय उपाध्यक्ष थर्क सेन र स्थानीय सांसद डानियल कार्डेनको पनि कार्यक्रममा उपस्थिति थियो । 

नवगठित लिभरपुल क्षेत्रीय कमिटीका पदाधिकारीलाई परिषदका अध्यक्ष गुरुङले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । एनआरएनए अभियानलाई बेलायतका हरेक नेपालीसम्म पुर्‍याउने लक्ष्यमा कमिटीले महत्वपूर्ण योगदान गर्ने आशा उनले व्यक्त गरे ।  

प्रवासमा बस्ने सबै नेपालीहरुको साझा संस्थामा विभिन्न विवाद र विभाजन आउनु दु:खद रहेको भन्दै अध्यक्ष गुरुङले अब सबै मिलेर एनआरएनएलाई एकताबद्ध बनाउँदै नेपालको समृद्धिमा सार्थक योगदान गर्नुपर्ने धारणा राखेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू