बिहीबार, माघ ३, २०८१
10:46 | १६:३१

पाकिस्तानका १५५ सांसदले दिए राजीनामा

रासस/एएनआई अप्रिल ११, २०२२

इमरान खान । तस्विर- एएफपी

इस्लामावाद, २८ चैत – पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी – पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरुले राजीनामा दिएका हुन् ।

नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा मतदान हुनु अगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका छन् ।

जनताको भावना विपरित विदेशीहरूको इसारामा आफूलाई हटाइएको भन्दै खानले आफूहरू अब संसद्मा बस्न नसक्ने बताएका छन् ।

विदेशीको इसारामा चल्ने राष्ट्रघाती संसद्हरू र राष्ट्रवादी आफ्नो पार्टीका संसद्हरू संसद्मा सँगै बस्न नसक्ने भएकाले राजीनामा दिनु परेको खानको भनाइ छ ।

उनले अब जनताको बीचमा गएर निर्वाचनबाट फेरि निर्वाचित भएर आउने अठोट पनि गरेका छन् ।

आफूले विघटन गरेको संसद्लाई अदालतले ल्याइदिएपछि थप नैतिक संकटमा परेका नेता खानले विघटन गरेको संसद्मा फर्किनु उपयुक्त नहुने ठानेर राजीनामा दिएको बताइएको छ ।

उनको पार्टीका सबै सांसदहरुले राजीनामा दिएपछि बहुमतका साथ विपक्षी दलका नेता शेहबाज शरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

उनले नयाँ मन्त्रिमण्डल बनाएर सरकारलाई प्रभावकारी तरिकाले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पाकिस्तानको नयाँ सरकारलाई राजनीतिक संकटसँगै आर्थिक संकट पनि सामना गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू