बिहीबार, माघ ३, २०८१
10:42 | १६:२७

राष्ट्रपति चुनावको पहिलो चरणमा म्याक्रोनको अग्रता

रासस–एएनआई-स्पुतनिक अप्रिल ११, २०२२

पेरिस (फ्रान्स) – फ्रान्सका वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा ९५ प्रतिशतभन्दा बढी मतपत्र गणना हुँदासम्म आफ्नो अग्रता कायम राखेको आन्तरिक मन्त्रालयले प्रकाशित गरेको अन्तरिम नतिजामा उल्लेख गरिएको छ ।

म्याक्रोनसँग हाल २७.४१ प्रतिशत मत छ भने अति दक्षिणपन्थी राष्ट्रपति पदका उम्मेदवार मारिन ले पेन २४.०३ प्रतिशतका साथ दोस्रो स्थानमा छिन् ।
त्यसैगरी २१.५७ प्रतिशतका साथ जेन–लुक मेलेनचोन तेस्रो र ६.९७ प्रतिशतका साथ चौथो स्थानमा एरिक जेम्मोर छन् ।

फ्रान्समा अप्रिल २४ मा राष्ट्रपतिको दोस्रो चरणको निर्वाचन हुँदैछ ।

‘म समाजवादी एनी हिडाल्गो, कन्जरभेटिभ भ्यालेरी पेक्रेसे र कम्युनिस्ट फाबियन र उसेललाई आज राती उनीहरूको समर्थनको लागि धन्यवाद दिन्छु’, म्याक्रोनले मतदानपछिको भाषणमा भनेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू