बिहीबार, माघ ३, २०८१
10:57 | १६:४२

विश्वासको मत गुमाएपछि पाकिस्तानका प्रधानमन्त्री पदमुक्त, नयाँ चयन सोमबार

रासस/सिन्हवा अप्रिल १०, २०२२

इमरान खान । तस्विर- एएफपी

इस्लामाबाद, २७ चैत- पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । उनले संसदमा आफ्नो पक्षको बहुमत गुमाएका हुन् ।

उहाँले गत हप्ता संसद विघटन गरेकामा यहाँको सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएको थियो । अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको संसदमा उनको पक्षमा मत नरहेका भन्दै मतदान भएको थियो ।

शनिबार अपरान्ह यहाँको संसदमा दोस्रो पटक मतदान कार्यक्रममा संसदमा खानले आफ्नो बहुमत गुमाए । उनलाई बर्खास्त गर्न विपक्षीलाई जम्मा १७२ मत मात्र आवश्यक पर्नेमा उनको विपक्षमा १७४ मत आएको थियो । संसदमा बहुमत गुमाएपछि उनी स्वतः पदमुक्त भएका हुन् ।

पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानको संसदले उनका विरुद्धमा दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा मत दिएपछि पदमुक्त भएको समाचार सम्प्रेषण गरेका छन् ।

बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण यहाँ पनि आर्थिक संकट देखिएको छ ।

यी विविध कारणहरु देखाएर पाकिस्तानको संसदमा यहाँका विपक्षी सांसदहरुले अविश्वासको मत दर्ता गरेका थिए । त्यस लगत्तै प्रधानमन्त्रीले संसद विघटन गरेका थिए ।

पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने

खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरिदिएसँगै राष्ट्रिय सभामा उच्च राजनीतिक गतिरोधको अन्त्यका लागि इमरान खान सरकारलाई सत्ताबाट बहिर्गमित गरिएको छ ।

कुल ३४२ सदस्यीय सदनमा प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए । मतदानका क्रममा सत्तारुढ पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का सदस्यहरू उपस्थित थिएनन्।

राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकलाई उद्धृत गर्दै डन अखबारले नयाँ प्रधानमन्त्रीका लागि आज (आइतबार) दिउँसो २ बजेसम्म मनोनयनपत्र पेस गर्न सकिने र दिउँसो ३ बजेसम्म छानबिन हुने बताएको छ ।

उनले सोमबार बिहान ११ बजे अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने बताए ।

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष शेहबाज शरीफ, जो हाल नेशनल एसेम्बलीमा विपक्षी नेता छन् आगामी प्रधानमन्त्री बन्ने निश्चित प्रायः छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू